अपि साइपाल नेपाली एकता मंच भारतमा गठन

अपि साइपाल नेपाली एकता मंच भारतमा गठन

कञ्चनपुर : भारतको विभिन्न ठाउँमा छरिएर बस्नु भएका प्रवासी नेपालीहरुका हकहितका लागि नयाँ दिल्लीमा अपि साइपाल नेपाली एकता मंच गठन भएको छ ।

प्रवासमा छरिएर बसेका प्रवासी नेपालीहरुलाई गोलवद्ध भई प्रगतिको बाटोमा डोर्याई समाजबादमा लैजानु अपि साइपाल नेपाली एकता मंचको मुल उद्देस्य रहेको सो मंचका संचारकर्मी बिस्नु प्रसाद जोशीले जानकारी गराउनुभयो ।

उनका अनुसार “एक नेपालीले अर्को नेपाली प्रति गर्ने दमनकारी नीतिका विरुद्ध यस मंचले विशेष कदम चाल्दै आर्थिक नितिमा सबैलाई मजबुत बनाउन बचत तथा श्रृणको योजना अघि सारेको छ, जसमा सम्पूर्ण प्रवासी नेपालीहरुले सजिलै आफुलाई आर्थिक नितिमा मजबुत बनाउने बताउनुभयो ।”

उक्त मंचको अध्यक्षमा दिनेश रावल रहनु भएको छ । ४१ जनाको केन्द्रिय कार्यसमिति हुने छ भने बाकी २ राज्य कमिटि र एरिया कमिटि हुने संचारकर्मी जोशीले बताउनुभयो । 

भारतको नयाँ दिल्लीमा नेपाली प्रवासीहरुका लागि गठन भएको अपि साइपाल एकता मंचले प्रवासीहरुमा खुसी ल्याएको छ । प्रवासमा बस्दा भोग्नु परेको समस्याले पिरोलीएका नेपालीहरुका लागि यस मंचले खुसी ल्याउनेमा प्रवासीहरु आसावादी रहेका छन् ।