प्रशिक्षणमा नियमित उपस्थित हुदैनन् प्रशिक्षक

प्रशिक्षणमा नियमित उपस्थित हुदैनन् प्रशिक्षक

धनगढी : प्रशिक्षकको अभाव रहेको कैलालीमा भएका प्रशिक्षक समेत नियमित रुपमा खेलाडी प्रशिक्षणमा उपस्थित नहुदा समस्या भएको छ । 

जिल्ला खेलकुद विकाश समिति कैलालीले सरकारी तथा आन्तरिक स्रोतबाट गरि राखिएका प्रशिक्षकका लागि मासिक रुपमा ५ लाख रुपैया भन्दा बढी खर्च गर्ने गरेका छ । तर, प्रशिक्षकहरु नियमित उपस्थित नभईदिदा खेलाडीले आफै अभ्यास गर्नु परेका छ भने कतिपय अवस्थामा सिनियर खेलाडीबाट अभ्यास गर्नुपर्ने बाध्यता छ । 

राजनीतिक नियुक्तिका आधारमा प्रशिक्षक नियुक्त गरिदा यस्तो समस्या आएको बताईएको छ । जिल्ला खेलकुद विकाश समिति कैलालीका अनुसार जिल्लामा विभिन्न खेलका गरि १७ प्रशिक्षक छन । केही हप्ता अगाढी मात्रै आन्तरिक श्रोतबाट थप ६ जना प्रशिक्षक खेलकुद विकाश समितिले नियुक्त गरेको छ । 

यि प्रशिक्षकका लागि मासिक रुपमा पाच लाख रुपैया खर्च भईरहेको छ । जिल्लामा अझै सुटिङ, एथलेटिक्स, भलिवल, जुडो, चेस लगायतका प्रशिक्षकका अभाव कायमै छ । तर, भएकै प्रशिक्षकले पनि खेलाडीलाई नियमित अभ्यास नगराईदिदा समस्या सिर्जना भएको खेलाडीहरुको गुनासो छ । 

प्रायः अनुपस्थित हुने प्रशिक्षक प्रशिक्षणका  लापि आएपनि साझ ४ बजे केही वेरका लागि आउने गरेको बताईन्छ । खेलाडीहरु अभ्यासका लागि विहानै आउने गरेपनि प्रशिक्षक नहुदा आफै अभ्यास गर्नुपर्ने बाध्यता रहेको छ । 

राजनीतिक नियुक्तिका आधारमा प्रशिक्षक नियुक्ति गरिदा यस्तो समस्या आएको बताईएको छ । जसका कारण खेलाडी तथा समग्र खेल क्षेत्रलाई घाटा हुने गरेको छ । 
खेलाडीले प्रक्षिकबाट नियमित प्रशिक्षण नपाउदा स्थानीय स्तरदेखि राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगितामा प्रर्दशन खस्किरहेको भन्दै चिन्ता समेत व्यक्त गर्न थालिएको छ । 

त्यसैले राजीनिक भागवण्डाका आधारमा हुने प्रशिक्षक नियुक्तिको व्यवस्थालाई हटाउनुपर्ने जिल्ला खेलकुद विकाश समिति कैलालीका पूर्व अध्यक्ष राजीप गुप्ता बताउछन । 

कैलाली खेलकुद विकाश समितिले भने पहिले पहिले प्रशिक्षक उपस्थित नहुने समस्या रहेपनि अहिले उक्त समस्या नरहेको दावी गरेको छ । प्रशिक्षकले नियमित रुपमा नै खेलाडीलाई प्रशिक्षण दिईरहेको दावी गर्दै खेलकुद विकाश समितिका अध्यक्ष दीपक बहादुर सिह प्रशिक्षक प्रशिक्षणमा नियमित नआउने गरेको भेटिएमा त्यस्तो प्रशिक्षकलाई कारवाही गर्ने चेतावनी दिन्छन । 

हाल कैलाली जिल्लामा दैनिक १ हजार ५ सय खेलाडीले प्रशिक्षणका लागि धनगढी रगशालामा आउने गरेको बताईन्छ ।