अंग्रेजी नयाँवर्ष र ढाकाटोपी दिवस संयोग कि नियत ?

अंग्रेजी नयाँवर्ष र ढाकाटोपी दिवस संयोग कि नियत ?

हिजो अर्थात जनवरी एक तारीक, अंग्रेजी क्यालेन्डर अनुसार नयाँवर्षको पहिलो दिन, विगत केही वर्षदेखि यसै दिन र यहि मितीलाई आधार मानेर नेपालमा पनि राष्ट्रिय ढाका टोपी दिवस मनाउने परीपाटी बारे  झण्डै ६ वर्ष जति भो देख्न र सुन्न पाईएको हरेक वर्ष झैँ यो वर्ष पनि टोपी दिवस  मनाईयो नेपाली टोपी हाम्रो गौरव हाम्रो पहिचानू भन्ने मूल नाराका साथ तर सदाका बर्ष झैँ यो वर्ष पनि जनवरी एक तारीकका दीन नेपाली टोपी दिवस   र अंग्रेजी नयाँवर्ष कुन चाहिँ मनाउने भन्ने बारेमा विहान देखि बेलुकै सम्म  दुई थरी भावना विच जोडदार लबिङ्ग र चर्काचर्की चलेको पाईयो कतै कतै दुवैलाई समर्थन गरेको पनि पाईयो  र स्टिलको भाँडो तातेझैँ तात्यो सामाजिक संजाल कतिपयले संसारले मानेको नयाँ वर्ष हामी किन नमान्ने भनेर पक्षमा तर्क दिए ।

त्यसमध्ये फेसबूकमा प्रवेश राज जोशी लेख्छ्न विदेश जान हुने, विदेशी पोसाक लगाउन मिल्ने, विदेशी रहनसहन, भोजमा नि रमाउने, अनि यो विदेशी वर्ष हाम्रो हैन, र नमनाउने भन्नेहरुलाई विशेष गरि हरेक खुशी, उमंग र उल्लासले भरिएको होस २०१९ , अङ्ग्रेजी नयाँ वर्ष २०१९ को मंगलमय शुभकामना सोही आशय जनाउने किसिमको ट्विट गर्छ्न मुकुन्द घिमिरे तिहारको भाइटीका नै हाम्रो टोपी दिवस हो, सधैं टोपीले छोप्नुपर्ने टुपी नै मुढिएका सन्यासीहरु, हिउँदभरीको जाडो छेल्ने शीरको टोपी त्यसै झिकेर फाल्ने टुहुराहरु, कहिले अंग्रेजी सभ्यताको नयाँवर्ष आईपुग्ला अनि खोपडी बिनाका टाउकामा टालो सिउरेर देखाउँला भनेर आह्रीसले जलेर बसेका हुन्छन् तिनै घिमिरे थप्छ्न ढाका टोपी बंगलादेशको चीनो हो,पछि नेपाली थरीका दर्जीले सिउन थालेकाले ढाका टोपी भनिएको हो, यहाँका पहरे बाँदर बाँदर्नीको कुनै सभ्यता थिएन, टुपी पनि बनारशी हो, अंग्रेजी नयाँवर्ष विरुद्ध आह्रीसे राजावादी ट्यापेहरु टोपी सिउरेर राष्ट्रबादी बन्दै सेल्फी खिच्दैछन् ।

अब यिनको भनाईमा उदृत बंगलादेशको चिनोू शब्दलाई पछि खोज तलास गरौंला  तथ्य पछि खोजौँला तर यी दुवैको विचारले  के जनाउँछ भने जनवरी एक तारीकको टोपी दीवस भनेको नेपालमा बसेर अंग्रेजी नयाँवर्ष मनाउने नेपालीहरुको रहडलाई  राष्ट्रियताू नामक राइफलमा टोपी दिवसको बुलेट भरेर पड्काउन खोजिएको हो भन्दा फरक नपर्ला अनि टोपी दीवसको बारेमा लोकप्रिय गायक तथा संगितकार प्रमोद खरेल  ट्विटरमा  अंग्रेजी नयाँवर्षकोबारेमा कतै केही नबोली  आफ्नो ढाका टोपि लगाएको फोटो सहित वरिष्ठ गीतकार स्व  गोपाल योन्जनको शब्द यसरी लेख्छ्न 
यो मेरो टोपी 
मेरो टोपी कैलाशको शिर जस्तो
हिमाली भिर जस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि रुक्न नमान्ने
मेरो टोपी, नेपाली भिर जस्तो, नेपाली वीर जस्तो
त्यसैगरी ट्विटरमा
@gautamkalpana3 लेख्छिन मैले नयाँ बर्ष बैशाख एक गते मनाउछु जनबरी एकमा म मेरो गौरब ढाका टोपी दिबस मनाउछु टोपी दिबस को सुभकामना यी माथिका दुई भनाईबाट चाहिँ पंतिकार के आशय निकाल्छ भने जनवरी एक तारीक नेपालमा मनाउँदा नयाँ वर्षको रुपमा नमनाई  नेपालि ढाकाटोपी दिवसमा मनाउनुपर्छ अब यो वादविवादका बिच आखिर हो चाहिँ के त कि स्टीलको भाँडो नै त हो तात्छ सेलाउँछ भने जसरी चुपचाप अर्को वर्ष झगडा गर्न तम्तयार भएर बस्ने कि समाधानका विकल्प खोज्ने अवश्य होइन  यहाँ नेर कुरोले मेलो समात्नुपर्छ आखिर सर्वप्रथम हामी के त भन्दा नेपाली , हो हामि नेपाली भएकै नाताले नेपाली पोशाकको जगेर्ना गर्नुपर्छ जुन हाम्रो कर्तव्य पनि हो ।

तर जगेर्ना गर्ने भन्दैमा Nike को जुत्तामा कमब्याट ट्राउजर लाएर ज्याक एण्ड जोन्सको कोट लाएर हाईलाईट गरेको कपाल आधा देखिने गरि ढाकाटोपी भिरेर अंग्रेजि  नयाँवर्ष मनाउनेलाई सत्तो सराप गरेर ह्याप्पी टोपी दिवसको ह्यास ट्याग प्रयोग गर्दैमा  भो त पोशाक जगेर्ना यो त उहि सुजो न बुझो बिस्टाघारी पुजो भन्नु बाहेक केही भएन मुख्य  कुरो के छ भने अंग्रेजी नयाँ वर्ष मनाउनेलाई मनाउन दिनुस किन विवाद गर्नुहुन्छ  ।

अंग्रेजी नयाँवर्ष मनाउने नमाउने त्यो आफ्नो खुशी हो मन र रहर हुनेले मनाउनुहोस मन नहुनेलाई जबर्ज्स्ति नगरौँ,जुन दोस्रो हरफ यो पंक्तिकारले आफ्नो लागि पनि लेखेको हो अब एकछिन सोचम नेपाली राष्ट्रिय ढाका टोपी दीवस लाई , यो दीवसलाई धुमधाम रुपमा मनाइरहँदा कतिपयको गुनासो यो पर्व अलि एकल लिंगिय अर्थात पुरुषलाई मात्र समेट्यो भन्ने पनि सुनियो पढियो तर शास्त्र खासै त नपढे पनि यो पंतिकारले पढे जति ठाउँमा चाहिँ पुरुषले टुप्पी छोप्नका लागि शिरको सम्मानका लागि टोपी लगाउने गरीन्छ  ।

जुन पछि गएर यो नेपाली पोशाकको अभिन्न अंगको रुपामा रहन गयो जस्ले विश्वका जुनसुकै कुनामा भएपनी यो टोपी लगाएको व्यक्ती देखेमा नेपालिपनको अपनत्व झल्काउँछ तसर्थ  यसरी नेपालिको पहिचान दिलाउने राष्ट्रिय पोशाकलाई किन विवादीत पारेर जनवरी एक तारीक कै दीन मनाउने रुकिन नेपाली ढाका टोपि दिवसूजनवरी एक तारीख का दिन पारेर आपसी भातृत्व खलबल्याउने काम गर्नेरु मनाउन चाहिँ विशुद्ध नेपाली  टोपी दीवस मनाउनु अनि मिती चाहिँ  जनवरी एक तारीकरु यो कस्तो राष्ट्रिय पहिचानको दिवस हो   के यस्लाई  विक्रमको क्यालेन्डरलाई आधारमानी कुनै एक नेपाली मिती वा दुई दीन पछाडी सारेर पुस पन्ध्र गतेका दिन नै  नेपाली ढाका टोपी दिवस मनाउन सकिँदैन  ?