बजेट लाई लिएर संघिय संसदमा ७ नम्बर बाट निवार्चित सांसदको गर्जन

बजेट लाई लिएर संघिय संसदमा ७ नम्बर बाट निवार्चित सांसदको गर्जन

धनगढी । संघिय सरकारले ल्याएको नयाँ आर्थिक बर्ष २०७५/७६ को बजेटमा समग्र सात नम्बर प्रदेश तथा आफ्ना क्षेत्रमा योजनाहरु नपरेकोप्रति सात नम्बर प्रदेश बाट निवार्चित सांसदहरुले सरकारका मन्त्रीहरुको कडा रुपमा आलोचना गरेको छन् । 
बजेट माथीको छलफलमा सहभागी सांसदहरुले मन्त्रीहरुले एकलौटी रुपमा योजनाहरु छनौट गरेको र पुर्वाग्रही रुपमा काम गरेको भन्दै सो कुराको चर्को रुपमा आलोचना गरेका थिए । 
डोटी बाट निवार्चित सांसद  प्रेम आलेले रोष्टम बाट खुलेरै मन्त्रीहरुको कार्यको विरोध गरे । यस्तै कैलाली बाट निवार्चित सांसद द्धय झपट रावल र नारदमुनि रानाले पुर्वाग्रही रुपमा ल्याएको बजेट र योजना प्रति तिब्र आलोचना गरे । अर्का सांसद भैरव बहादुर सिहंले बजेट तथा योजनामा प्रदेश ७ लाई पक्षपात भएको बताए । 

अहिले उहाँहरुको संसदमा बोलेको भिडियोहरु सामाजिक संञ्जालमा निकै भाइरल भइरहेका छन् । साथै यस क्षेत्रका जनताहरुले खुलेरै उहाँहरुको प्रशसा गरेको सामाजिक संजाल मार्फत स्पष्ट देख्न सकिन्छ ।