कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ११ अमरबस्तिमा रहेको राष्ट्रिय माध्यामीक बिद्यालयमा बिद्युतिय हाजिरी सुरु गरिएको छ ।
पुनर्वास नगरपालिकाको सहयोगमा आफ्नो कार्यालय र नगर भित्रका १३ वटा माध्यमिक विद्यालयहरुमा इलेक्ट्रोनिक हाजिरी मेसिन जडान गर्ने कार्यक्रम अन्तर्गत मंगलवार राष्ट्रिय मा.वि.मा जडान गरिएको हो ।
शिक्षकहरु समयमा बिद्यालय नआउने र केही दिन आएर महिनाभरीको हाजिरी लाउने जस्ता कार्यलाई नियन्त्रणमा ल्याउनका लागि बिद्युतिय हाजिरी सुरु गरेको नगरपालीकाका प्रमुख जीवनराज थापाले जानकारी दिनुभयो ।
बिद्यालयका शिक्षकहरुको लापरर्वाही नहोस भन्नकालागी पुर्नवास नगरपालीका भित्रका सरकारी बिद्यालयमा बिद्युतिय हाजिरी सुरु गरेको हो । प्राध्यानाध्यापक नवराज पाण्डेले राष्ट्रिय मावीमा बिधुतिय हाजीरी आएसगै बिद्यालयले अझै अगाडी बढ्ने बिश्वास गर्नुभयो ।