मौसम पूर्वानुमान : पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा

मौसम पूर्वानुमान : पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा

बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने पूर्वानुमान  मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेकाले बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो । 

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार प्रदेश १ को एक दुई ठाउँमा हल्का पानी परे पनि प्रदेश २ र बाग्मती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु ठाउँको मौसम भने खुल्दै बादल लाग्नेछ । 

यस्तै बिहीबार राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । 

प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जानकारी दिएको छ । 

बाँकी भू-भागहरुमा आंशिक बदली भएको छ । बिहीबारभन्दा शुक्रबार र शनिबार दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव अझ बढी देखिनेछ । 

शुक्रबार र शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।