सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, तिन प्यानल चुनावी मैदानमा

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, तिन प्यानल चुनावी मैदानमा

धनगढी : कैलाली उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनका लागि गरिएको प्रयास असफल भएको छ । सर्वसम्मत नेतृत्वका लागि गरिएको प्रयास सफल नहुदा अन्तत तिन प्यानल चुनावी मैदानमा उत्रने भएका छन । 

लामो समयसम्म अन्यौल रहेको सदस्यता विवादको विषय टुङगो लागेपछि कैलाली उद्योग वाणिज्य सघको नेतृत्व सर्वसम्मति चयनका लागि पहल थालिएको थियो । त्यसका लागि कैलाली उद्योग वाणिज्य सघ र तेस्रो समुहले छलफल चलाएको थियो । तर, सर्वसम्मतिका लागि विभिन्न पक्षसग छलफल गरिएपनि उक्त प्रयास असफल भएको हो ।

यसअघि चुनाव सहित वर्तमान महासचिव रुपेश स्वार र कोषाध्यक्ष पुष्पराज कुवर प्यानल सहित मैदानमा उत्रिएका बेला चुनावको दुई दिनअघि चुनावको स्थगित भएको थियो । 

सो क्रममा प्रचारप्रसारमा दुवै प्यानलको ठुलो रकम खर्च भईसकेका कारण सहमति हुन नसकेको कैलाली उद्योग वाणिज्य सघका अध्यक्ष शकर वोगटीले बताए । पुस २८ गते हुने निर्वाचनका लागि बुधवार उम्मेद्वारी दर्ताको कार्यतालिका छ । 

तिन छुट्टा छुट्टै प्यानल

जस अनुसार तिन छुट्टा छुट्टै प्यानलले उम्मेद्वारी दर्ता गर्दैछन । वर्तमान महासचिव रुपेश स्वार नेतृत्वको प्यानलले मगलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ । 

जसको उपाध्यक्ष उद्योग, बस्तुगत र वाणिज्यमा क्रमशः गजराज पाण्डे, टेक बहादुर खडका र अनिल कुमार रहेका छन । 

त्यस्तै, महासचिवमा सुरेश पाण्डे, कोषाध्यक्षमा भिमराज ओझा, सचिवमा सुजित शर्मा लगायतको कार्य समिति छ । 

वर्तमान कोषाध्यक्ष पुष्प कुवर नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष (वाणिज्य) मा गगन केसी, उपाध्यक्ष (बस्तुगत) मा शिवराज कुवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरु र कोषाध्यक्षमा दिनेश लम्साल लगायत रहेका छन । 

केहीदिन अघि प्यानल सहित चुनावी मैदानमा उत्रेका कैलाली उद्योग वाणिज्य सघका सदस्य डिल्लिराज अवस्थीले भने प्यानल घोषणा गरेका छैनन । बुधवार उम्मेद्वारी दर्तासगै प्यानल सार्वजनिक गर्ने अवस्थीको भनाई छ । 

बुधवार उम्मेद्वारी दर्ताको समय तोकिएका बेला सर्वसम्मतिका लागि पहल थालेको समुहले भने अझै पनि सहमतिको सम्भावना बाकी रहेको जनाएको छ । 

बुधवार उम्मेद्वारी दर्तापछि उम्मेद्वारी फिर्ता लिने समय दुई दिनको निर्धारण गरिएका कारण उक्त समयमा पनि सर्वसम्मतिका लागि पहल थालिने सर्वसम्मतिका लागि पहल थालेको तेस्रो समुहका एक जना सदस्य रविनकान्त पन्त बताउछन । 

यसअघि स्थगित भएको बैशाख २२ गतको निर्वाचनअघि पनि सहमतिको प्रयास गरिएपनि हुन सकेको थिएन । 

अहिले पनि अन्तिम समयसम्म सहमतिका लागि प्रयास गरिने बताईए पनि सहमति हुने सम्भावना भने न्यून मात्रै रहेको बताईन्छ । 

वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि संघका ५ हजार ९ सय ९० जना सदस्य रहेकोमा सदस्यता छानविनपछि दुई हजार सात सय २५ जनाले मात्रै मतदान गर्ने पाउँनेछन् ।