भान्छाकोठा र कुखुरा फार्ममा आगलागी हुँदा २ लाख ६० हजारको क्षति

भान्छाकोठा र कुखुरा फार्ममा आगलागी हुँदा २ लाख ६० हजारको क्षति

 कञ्चनपुर । कञ्चनपुरमा भान्छाकोठा र कुखुरा फार्ममा आगलागी हुँदा २ लाख ६० हजारको क्षति भएको छ।

जिल्लाको वेदकोट र कृष्णपुर नगरपालिकामा शुक्रबार भएको आगलागिबाट २ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। 

वेदकोट नगरपालिका वडा नम्बर ६ मा स्थानीय मोहनसिह बडुको कुखुरा फार्ममा आगलागी हुँदा जलेर नष्ट भइ २ लाख बराबरको क्षति भएको उनले जानकारी दिए। 

यस्तै कृष्णपुर नगरपालिका ७ का जितराम जोशीको भान्छाकोठामा आगलागि हुँदा थप ६० हजार बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।