देशभरमै तेस्रो बन्न सफल कैलाली जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष र कार्यालय प्रमुख सम्मानित

देशभरमै तेस्रो बन्न सफल कैलाली जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष र कार्यालय प्रमुख सम्मानित

धनगढी : उत्कृष्ट खेलकुद गतिविधि सञ्चालन गर्नमा देशभरमै तेस्रो बन्न सफल कैलाली जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष र कार्यालय प्रमुख धनगढीमा सम्मान गरिएको छ ।

जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक बहादुर सिह र कार्यालय प्रमुख प्रेम मल्ललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सघ र सुदुरपश्चिम क्षेत्रीय खेलकुद कर्मचारी सघले आज धनगढीमा सम्मान गरेका हुन ।

सिह र मल्ललाई प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सम्मान गर्नुभयो ।

उत्कृष्ट खेलकुद गतिविधि सञ्चालन गरेको भन्दै कैलाली जिल्ला देशभरमै तेस्रो वन्न सफल भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले पनि कैलाली जिल्ला खेलकुद विकास समितीलाई नगद एक लाख र ताम्रपत्र सहित सम्मान गरेको थियो ।