११ ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

११ ग्राम ब्राउन सुगर  सहित एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास यतिबेला लागुऔषध ओसारपसारको मुख्य थलो बन्दै गएको छ । नियन्त्रणमा एक महिना देखि सकृयता बढाएको प्रहरीले आइतबार फेरि ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।

खुला भारतीय सीमा संग जोडिएको पुनर्वासको अमरबस्ती स्थित डोकेबजारबाट आईतवार प्रहरीले धनगढी उप महानगरपालिका ३ का राजेन्द्र जोशी लाई ११ ग्राम ब्राउन सुगर र स्पास्मो प्रेक्सिभोन क्याप्सुल ६१ थान सहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीको गस्ती टोलिले धनगढी तर्फ लैजान लागेको ११ ग्राम ब्राउन सुगर र लागू औषध स्पास्मो प्रेक्सिभोन सहित २८ वर्षिय जोशीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

सीमावर्ती पुनर्वासमा एक महिना यता पुनर्वास प्रहरीले ब्राउन सुगर ओसारपसारका यो सहित ३ पटक पक्राउ गरेको छ । यस अघि दुई पटक गरेर १६ ग्राम ब्राउन सुगर सहित ओसारपसारमा संलग्न ब्यक्ति लाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पुनर्वास क्षेत्रमा हुँदै आएको लागू औषध ओसारपसार बारे पाएको सुचनाका आधारमा प्रहरीले सकृयता बढाए पछि सफलता मिलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले बताए ।