गोदावरीमा बाह्र राशि दर्शन मकर मेला लाग्ने

गोदावरीमा बाह्र राशि दर्शन मकर मेला लाग्ने

धनगढी : कैलालीको गोदावरिमा यस बर्ष पनि बाह्र राशि दर्शन मकर मेलाको लाग्ने भएको छ । शनिबार गोदावरीमा बसेको आम भेलाले मकर मेला यहि पुस ३० गतेदेखी माघ १२ सम्म लगाउने निर्णय गरेको हो ।

यस पटक सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी र तेघरी घोषणा गरिएकाले पनि अझै धेरै उत्साहाका साथ मकर मेला सम्पन्न हुने मेलाका संयोजक एबम् गोदावरी धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

मकर मेला सम्पन्न गर्नको लागी बिभिन्न समितीहरु पनि बनाइएको छ । मेलाको सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रमको तय भएको छ । जोशीले उदघाटन सत्रमा सुदुरपश्चिम प्रदेशका मन्त्री सांसद,स्थानिय जन प्रतिनिधी सबैको सहभागीतामा रहने जानकारी दिनु भयो । हरेक १२ बर्षमा कुम्भ मेला ,६ बर्षमा अर्ध कुम्भ र हरेक बर्ष मकर मेला लगाउने जोशीको भनाई रहेको छ ।