समृद्धि युवा क्लबको प्रथम साधारणसभा सम्पन्न

समृद्धि युवा क्लबको प्रथम साधारणसभा सम्पन्न

धनगढी : श्री समृद्धि युवा क्लब गौरीगंगा–६ मोयाको प्रथम साधारणसभा समपन्न भएको छ । 

क्लबका अध्यक्ष कृष्ण खडकाको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सुदुरपश्चिम प्रदेश न.७ का संयोजक सुरत रावत डोटेली कान्छा रहेका थिए । 

साधारण सभामा गौरीगंगा वडा न.६ का वडा सदस्य टेकबहादुर कुवर, समाजसेवी बिरबहादुर शाह बिशिस्ट अतिथि थिए ।

साधारण सभामा क्लबका सचिब आशिष् उपाध्यायले १ लाख १९ हजार १ सय पचहत्तरको आयब्यय प्रस्तुत गरेकाा थिए भने  दुई जना गरिब जेहेन्दार साधारण सदस्यलाई शैक्षिक सामग्री समेत प्रदान गरिएको छ । आर्थिक अवस्था नाजुक रहेका तारा बि.क. र शंकर खडकालाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । 

साधारणसभामा चर्चित लोक गायक सुरेन्द्र संगम,  लालबहादुर रावत, मिनबहादुर शाह, खकेन्द्र बुढा, रामबहादुर पार्की, दिलमाया कठायत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

दिब्या शाहले स्वागत मन्तव्य राखेकोे कार्यक्रमको सञ्चालन सचिब आशिष उपाध्यायले गरेका थिए ।