नेपाल–भारतः दार्चुलाका तिन नाका खुले

नेपाल–भारतः दार्चुलाका तिन नाका खुले

धनगढीः भारतीय पेन्सनधारी नेपालीका लागि दार्चुलाका ३ नाका खुलेका छन। 

जिल्ला प्रशासन कार्यालयले सीमानाका बन्द हुँदा भारतीय पेन्सनधारीलाई समस्या भएकाले सहजीकरणका लागि स्थानीय तहहरुले गरेको अनुरोधका आधारमा भारतीय पक्षको सहमतीमा नाका खोलिएको जनाएको छ। 

बिहीबार प्रशासनले सूचना जारी गर्दै पेन्सन सुविधा बुझ्ने र बैँक खाता नविकरण गर्ने प्रयोजनका लागि मात्र नेपाल–भारत सीमाको लाली, जौलजिवी र खलंगा पुलघाँट नाका खुलाएको उल्लेख गरेको छ। 

तर नाका दुवै देशको सहमतीमा तय गरिएको कार्यतालिका अनुसार मात्र खुल्नेछ। खलंगा पुलघाँट नाका मंसिर ११ देखि १४ गतेसम्म बिहान १० देखि ११ र साँझ ४ देखि ५ बजेसम्म खुल्ने जारी सूचनामा उल्लेख गरिएको छ। 

यस्तै जौलजिवी नाका पनि सोही अनुसार खुल्नेछ भने लाली पुल नाका मंसिर ११ देखि १३ गते बिहान १० देखि ११ र साँझ ४ देखि ५ बजेसम्म खुल्नेछ।