कीर्ते नागरिकता बनाउन सिफारिश गर्ने 'देशद्रोही' वडाध्यक्षसहित पाँच विरुद्ध पक्राउ पुर्जी जारी, २ पक्राउ

कीर्ते नागरिकता बनाउन सिफारिश गर्ने 'देशद्रोही' वडाध्यक्षसहित पाँच विरुद्ध पक्राउ पुर्जी जारी, २ पक्राउ

कीर्ते नागरिकता सिफारिश गरेको भन्दै जिल्ला अदालत बाग्लुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ।
बाग्लुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जना विरुद्ध जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको बाग्लुङ प्रहरीले जनाएको छ। 

पक्राउ पुर्जी जारीपछि तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिन साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन्। वडाध्यक्ष केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ। 

फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बाग्लुङ नगरपालिका–६ बाट पंकज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो।