कञ्चनपुरमा भन्सार छली ल्याएका अबैध माछा बरामद

कञ्चनपुरमा भन्सार छली ल्याएका अबैध माछा बरामद

कञ्चनपुर प्रहरीले भन्सार छली ल्याएका अबैध माछा बरामद गरेको छ ।  

जिल्लाको भिमदत्त नगरपालिका १० जिमुवा इलाकाबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइरहेको अवस्थामा अन्दाजी १२० किलो माछा सशस्त्र प्रहरीबल नेपाल जिमुवाबाट सहायक प्रहरी निरिक्षक गजेन्द्र बहादुर चन्दको कमण्डमा खटीएको मोवाइल गस्ति टोलीले ६० हजार बराबरको अबैध माछा बरामद गरेको हो । 

बरामद गरिएको सो माछा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी तथा पशुक्वारेन्टाइन काया्र्रलय गड्डाचौकीमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर एरले बताउनुभयो ।