पौष २० गते देखि प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव हुने

पौष २० गते देखि  प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव  हुने

धनगढी : ‘समृद्ध सुदूरपश्चि प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र ब्यापार’ भन्ने मुल नाराका साथ यहि पौष २० गते देखि माघ २ गतेसम्म प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना हुने भएको छ ।

आज धनगढीमा पत्रकार सम्मेलन गरि बिश्वज्योति यूवा क्लब र शक्ति यूवा क्लब धनगढीको आयोजनामा महोत्सव हुन लागेको जानकारी दिएको छ  ।

धनगढी फन सिटी को प्रचार प्रसार र स्थानियलाई मनोरन्जन दिनको लागी महोत्सव आयोजना गरिएको संयोजक श्याम बिष्टले जानकारी दिनुभयो ।

महोत्सबमा झण्डै २५०  स्टल रहने जनाएको छ । धनगढी भन्सार रोडमा रहेको फन सिटी अगाडीको खुल्ला चौरमा महोत्सवको आयोजना हुने भएको हो ।