सशस्त्र प्रहरीद्धारा अवैध सामान बरामद

सशस्त्र प्रहरीद्धारा अवैध सामान बरामद

धनगढी  : सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर(राजश्व तथा भन्सार गस्ती सुरक्षा)  कार्यालय कैलालीेको  टोलीले शुक्रवार साझ भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

धनगढी उपमहानगरपालीका वार्ड न.२ घाट ईलाकाबाट लुकिछिपी ल्याउँदै गरेको रु ४८ हजार ५सय २०  बराबरको किरानाका सामान र अटोका ब्याट्रि सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक  देब बहादर चन्दले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षक जय बहादुर महराकोे नेतृत्वमा रहेको टोलीले बेवारिसे अवस्थामा रहेको सामान नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालय त्रिनगरको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरीले  नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिदै गरेको सामान समेत नियन्त्रणमा लिदै आएको छ ।