कैलालीमा डिएसपि सम्पर्कबिहिन: प्रहरी खोज्नमा व्यस्त, डिएसपी होटलमा मस्त

कैलालीमा डिएसपि सम्पर्कबिहिन: प्रहरी खोज्नमा व्यस्त, डिएसपी होटलमा मस्त

धनगढी । कैलालीमा डिएसपी सम्पर्कबिहिन भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक (डिएसपी) भरत बहादुर चौधरी सम्पर्कबिहिन बनेका हुन् । गएरातीदेखी सम्पर्कबिहिन भएका डिएसपी चौधरीको खोजीकार्यमा प्रहरी लागको तर उनि होटलमा रहेको अवस्थामा भेटिएको स्रोतले बताएको छ । 

चौधरी सम्पर्कबिहिन भएको स्विकार गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले अहिले उनि सम्पर्कमा आएका बताए । उनले भने, 'होटलमा भेटिएको भन्ने जानकारीमा आएको छ तर यस विषयमा थप अनुसन्धान भने जारी रहेको छ ।'