‘विचार-राजनीति’ र ‘विधि-पद्धति’ले पार्टी चल्छ : अध्यक्ष प्रचण्ड

‘विचार-राजनीति’ र ‘विधि-पद्धति’ले पार्टी चल्छ : अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी चल्ने दुई वटा आधार भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-  ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार – राजनीति र दोस्रो विधि -पद्धति ।’

उनले यस विषयमा केही नखुलाएको भए पनि नेकपाभित्रको संकटसँग जोडेर अभिव्यक्ति दिएको हुनसक्ने आकलन गर्न सकिन्छ।

पछिल्ला केही हप्ता यता नेकपाभित्र अध्यक्षद्वयबीच  विवाद बढेको छ। पार्टी विधि र पद्धतिमा नचलाएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ।

अध्यक्ष प्रचण्डले ओलीमाथि ‘आरोप नै आरोप’ लगाउँदै सचिवालयमा प्रतवेदन पेश गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।