बझाङका थप ४ जनामा कोरोना पुष्टि

बझाङका थप ४ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परिक्षणमा थप चार जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १८ नमुनाहरुमध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज नरेश खड्काका अनुसार बझाङका एक महिला र तीनजना पुरुषमा कोरोना देखिएको हो ।

उनले जिल्लाको जयपृथ्वी नगरपालिकाका एकजना, वित्थडचिर गाउँपालिकाका एकजना, छब्बीसपाथिभेरा गाउँपालिकाका एकजना र मष्टा गाउँपालिकाका एकजना गरी चार जनामा संक्रमण पुष्टि भएको बताए ।

परिक्षण गरिएका अन्य १३ जनाको नतिजा नेगेटिभ आएको छ ।