लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा

लागुऔषध प्रकरणमा भारती सिंह एनसीबीको नियन्त्रणमा

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ।

एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतीका श्रीमान् हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो। भारती भने पछि आफ्नै गाडीमा गएकी थिइन्।

भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्। भारती र हर्षमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।