कैलालीका ४५ सहित सुदूरपश्चिमा थप ५१ जनामा कोरोना पुष्टि

कैलालीका ४५ सहित सुदूरपश्चिमा थप ५१ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा शनिबार गरिएको परिक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ३७७ नमुनाहरुमध्ये ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ४५ सहित थप ५२ जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २७ जना, गौरीगंगा नगरपालिकाका एकजना, टीकापुर नगरपालिकाका १६ जना र स्थानीय तह नखुलेका एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका पाँचजना, बेल्डाडी गाउँपालिकाका एकजनामा पनि कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।