यसकारण खाटमा भन्दा भुइँमा सुत्नु फाइदाजनक

यसकारण खाटमा भन्दा भुइँमा सुत्नु फाइदाजनक

सामन्यतया धेरैजसो मानिसको खाटमा सुत्ने बानी हुन्छ । तर, खाटमा सुत्नुभन्दा भुइँमा सुत्नु स्वास्थ्यका हिसावले निकै फाइदा हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् ।

काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ । शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् त । तपाईं कति आनन्दित महसूस गर्नुहुनेछ ।