विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा

विनाअक्सिजन एक्लै सगरमाथा चढ्ने भारतीय नागरिकको घोषणा

भारतको उत्तरप्रदेशका २७ वर्षीय युवक अर्जुन वाजपईले आगामी मे महिनामा विनाअक्सिजन एक्लै विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने घोषणा गरेका छन् ।

१० वर्ष पहिला सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गर्ने भारतीय नागरिकको पहिचान बनाएका उनले फेरि सगरमाथा चढ्ने योजना बनाएका हुन् ।
त्यतिबेला उनी १६ वर्षका थिए र एउटा आरोहण दलको सदस्यको रुपमा सगरमाथा चढेका थिए । यस अगाडि उनले नेपालका झण्डै आधा दर्जन हिमालको आरोहण गरिसकेका छन् ।

‘कोभिड–१९ का कारण मैले यस वर्षको लागि निर्धारित सबै कार्यक्रम अर्को वर्षको लागि सार्नु परेको छ । म सफल भएँ भने एक्लै सगरमाथा चढ्ने म पहिलो भारतीय नागरिक हुनेछु,’ उनले द हिन्दुस्तान टाइम्स पत्रिकासँग भनेका छन् ।

एक्लै चढ्नका लागि नेपालले अनुमति नदिए चीन तर्फबाट सगरमाथा चढ्ने उनको योजना छ ।