‘दलगत स्वार्थ र कार्यकर्ताका दवावका आधारमा छनौट योजनाहरु कार्यान्वयनमा चुनौती’

‘दलगत स्वार्थ र कार्यकर्ताका दवावका आधारमा छनौट योजनाहरु कार्यान्वयनमा चुनौती’

धनगढी : प्रदेश सरकारले बजेट बिनियोजन गर्दा स्थानीय तहसँग समन्वय नगरेको गाउँपालिका राष्ट्रिय महासंघको सुदूरपश्चिम प्रदेश समितिले आरोप लगाएको छ ।

महासंघको प्रदेश समितिले प्रदेशले स्थानीय तहसँग समन्वय गर्दा योजनाबद्ध विकासका लागि काम गर्न सहज हुने भए पनि समन्वयको अभावमा काम गर्न गाह्रो भएको जनाएको छ ।

महासंघका प्रदेश अध्यक्ष तथा जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले बजेट बनाउँदा समन्वय नहुँदा कार्यान्वयनमा समस्या भइरहेको गुनासो गरे । 

‘टोल, बस्ती र वडा स्तरबाट छानिएका योजनाहरुलाई आफ्नै योजनाका रुपमा लिएर प्रदेश सरकारले काम गर्नुपथ्र्यो’ छबीस पाथिभारा गाउँपालिका बझाङका अध्यक्ष अक्कल बहादुर धामीले भने, ‘दलगत स्वार्थ र कार्यकर्ताको दवावका आधारमा प्रदेश सरकारका योजनाहरु छनौट भए । त्यसले योजनाहरुको कार्यान्वयन गर्न समस्या भइरहेको छ ।’

प्रदेशले योजना बनाउँदा स्थानीय तहको सल्लाह लिनुपर्ने, जिल्लास्तरमा विकासे कार्यालयका रुपमा प्रदेश सरकारले राखेका डिभिजन कार्यालयहरु खारेज गरी सबै काम स्थानीय तहका कर्मचारीलाई प्रयोग गरी गर्नुपर्ने महासंघका सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिका अछामका अध्यक्ष राजेन्द्र खड्काले माग गरे । 

उनले स्थानीय तहमा कर्मचारी थपिनुपर्ने समेत बताए ।