नेपाल-भारत सिमानाकामा गोली हानी हत्या गरिएका रानाको शव लखीमपुर लगियो

नेपाल-भारत सिमानाकामा गोली हानी हत्या गरिएका रानाको शव लखीमपुर लगियो

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएका युवकको शव भारतीय प्रहरीले भारतको लखीमपुर लगेको छ । 

पोस्टमार्टम र अनुसन्धानका लागी भन्दै भारतको कोतवाली प्रहरीले उनको शव हिजो बेलुका  करिब पौने ७ बजे लखिमपुर लगेको हो । अनुसन्धान र सोधपुछका लागी भन्दै हत्या गरिएका रानाका परिवारका ५ जना आफन्तलाई पनि भारतीय प्रहरीले सँगै लगेको छ । मृतकको शव पोस्टमार्टम पछि शव आज आफन्तलाई बुझाउने जनाइएको छ ।  

पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा हिजो दिउँसो करिब १ बजे भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा शव भेटिएको थियो । उनी अघिल्लो दिन २ बजेबाट घरबाट सम्पर्क विहीन भएको आफन्तले बताएका छन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिनका लागी नेपाल सरकार लाई आग्रह गरेका छन् ।