धनगढीको कोरोना अस्पतालमा आईसियु बिग्रिएपछि बिरामी जोखिममा

धनगढीको कोरोना अस्पतालमा आईसियु बिग्रिएपछि बिरामी जोखिममा

धनगढी । धनगढीको कोरोना अस्पतालमा रहेका आईसियुमा चार दिनदेखी खराबी देखिएको छ । सघन उपचार कक्ष (आईसियु) मा रहेको अक्सिजन प्लान्ट बिग्रिएपछि समस्या सृजना भएको हो । अस्पतालमा जडान गरिएका आईसियूमा खराबी आएपछि कोरोनाका गम्भिर प्रकृतिका विरामी समस्यामा परेका छन ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर हेमराज पाण्डेका अनुसार अक्सिजन प्लान्टले चार दिन देखि काम गर्न छोडेका हुन । ‘अक्सिजन प्लान्ट बिग्रिएको चौँथो दिन भयोे,’उनले भने,‘बाहिरबाट सिलिन्डर राखेर बिरामीको उपचारमा काम चलाएका छौँ ।’ अक्सिजन प्लान्ट बिग्रिएपछि आईसियुमा उपचाररत बिरामी समस्यामा परेका हुन ।

मेसु डा.पाण्डेले समस्या समाधानका लागि सम्बन्धित निकायलाई मौखिक र लिखित पत्रचार गरिसकेको बताए । बिग्रिएका अक्सिजन प्लान्ट बनाउनको लागि ईन्जिनियर धनगढी पुगिसकेको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ट डाक्टर पाण्डेले बताए ।