गरिमा विकास बैंक द्धारा धनगढीमा कारोवार शुरु

गरिमा विकास बैंक द्धारा धनगढीमा कारोवार शुरु

धनगढी । गरिमा विकास बैंकले धनगढीको ट्राफीक चौराहामा रहनेगरि शाखा कार्यालय स्थापना गरेको छ । बुधबार बैंकले ६६ औं शाखाका रुपमा धनगढीमा स्थापना गरेको हो ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।