थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीद्धारा सबै राजनीतिक दललाई ३ बुँदे माग सहीतको ज्ञापनपत्र

थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीद्धारा सबै राजनीतिक दललाई ३ बुँदे माग सहीतको ज्ञापनपत्र

धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले जिल्लाका सबै राजनीतिक दललाई ३ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको छ ।

मोर्चा कैलालीका संयोजक माधव थारु नेतृत्वको टोलीले बुधबार कैलालीका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको हो । २०७२ भदौ ७ गते घटेको टीकापुर घटनाबारे यहाँका राजनीतिक दलले आधिकारिक धारणा बनाउनुपर्ने, घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने र २०७२ भदौ ८ गते थारु समुदायको घर, पसल र एफएममा आगजनि गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै माग राख्दै ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाली, नेपाली काँग्रेस कैलाली, जनता समाजवादी पार्टी नेपाल र साझा पार्टी नेपाल, राप्रपा र नेपाल लोकतान्त्रिक पार्टीलाई ज्ञापनपत्र बुझाएको मोर्चा कैलालीका संयोजक माधव थारुले जानकारी दिए । यसैबीच ज्ञापनपत्र बुझ्दै नेकपा कैलालीका कार्यालय सचिव रणबहादुर चन्दले टीकापुर घटना आफैमा नराम्रो भएपनि घटनालाई राजनीतिक ढंगले सुल्झाउनुपर्ने बताए ।