भोकले मर्ने डरले फेरी भारत पस्न थाले सुदूरपश्चिमेली (फोटो फिचर)

भोकले मर्ने डरले फेरी भारत पस्न थाले सुदूरपश्चिमेली (फोटो फिचर)

धनगढी । कोरोना महामारी कै विच दैनिक सयौं सुदूरपश्चिमेलीहरु भारत पस्न थालेका छन । भारतमा लकडाउन भएको समयमा घर फर्किएका सुदूरपश्चिमेलीहरु पुन भारत फर्कन बाध्य भएका हुन ।

नेपालमा रोजगारीका कुनै पनि अवसर नभएपछि फेरि ज्यानको बाजी राखेर भारत जानुपर्ने बाध्यता भएको उनीहरुले बताएका छन । गाउँमा बस्दा रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेपछि आफुहरु मुग्लान पस्नु पर्ने बाध्यता आएको उनीहरु बताउँछन ।