एकैदिनमा ३४०० ले घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

एकैदिनमा ३४०० ले घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

पछिल्लो समय उच्च मात्रामा निरन्तर बढ्दै गएको सुनको मुल्यमा आज भने भारी गिरावट देखिएको छ । गत शुक्रबार १००० र त्यसपछि निरन्तर ५०० रुपैयाँको दरले बढको सुनको मुल्य भने आज तोालामा ३४०० रुपैयााले घटेको छ । 

हिजो सुनको मुल्य प्रतितोला रु। ९८ हजार २०० रहेको थियो, आज त्यो घटेर ९४ हजार ८०० रुपैयाँमा कायम भएको छ । यस्तै, तेजावी सुनको मुल्य ९४ हजार ३०० रुपैयाँ रहेको छ । 

आज चाँदीको मुल्य पनि ह्वात्तै घटेको छ । हिजो चाँदीको मुल्य १२८५ रुपैयाँ थियो । आज त्यो ७० रुपैयाँले घटेर १२१५ रुपैयाँमा झरेको छ । 

बिशेषगरि कोभिड १९ को भ्याक्सीन आउन लागेको भन्ने हल्लाले र अमेरिकको नयाँ निर्वाचित राष्ट्रपति जो वाइडेनले कोभिड १९ विरुद्ध लड्ने रणनीति बनाएको हल्लाले सुनको मुल्य घटेको बताइएको छ ।