मंगलवार अधिकांश मुद्राको भाउ घट्यो, कस्तो छ आजको विनिमय दर ?

मंगलवार अधिकांश मुद्राको भाउ घट्यो, कस्तो छ आजको विनिमय दर ?

नेपाली बजारमा सोमवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको छ । यस्तै सोमवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ५० पैसा र बिक्रीदर १४१ रुपैयाँ २१ पैसा तोकेको छ । सोमवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।

मंगलवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ६२ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३७ पैसा रहेको छ ।