डोटीमा मोटरसाईकल दुर्घटना हुँदा ३जना घाईते

डोटीमा मोटरसाईकल दुर्घटना हुँदा ३जना घाईते

डोटीमा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाईते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका – ४ दिपायल स्थीत सेती प्राविधिक शिक्षालय नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटनामा भएको हो ।

राजपुरबाट पूर्वीचौकी गाउँपालिका जाँदै गरेको से ६ प १३९८ नम्बरको मोटरसाइकल र दिपायलबाट शिखर नगरपालिका जाँदै गरेको से २ प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएकाे हो ।

मोटरसाईकलमा सवार पूर्वीचौकी गाउँपालिका १ फुलोटका २९ वर्षीय जीत बहादुर खड्का, शिखर नगरपालिका १ मुडे गाउँका २१ वर्षीय भरत विक र धनगढी उपमहनगरपालिका १५ कनरीका ३४ वर्षीय शाहस चौधरी घाईते भएका हुन् ।

घाइतेको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय दिपायलले जनाएको छ ।

स्थानीयका अनुसार सडक छेउमा पल्टिएको ट्याक्टर नहटाएका कारण दुर्घटना भएको हो । दुर्घटना स्थलको साँगुरो सडकको मोडमा पल्टिएको ट्याक्टर ४ दिन देखि हटाइएको छैन ।