कैलालीको बर्दगोरियामा बालकको शव फेला

कैलालीको बर्दगोरियामा बालकको शव फेला

धनगढी । कैलालीको बर्दगोरियामा एक बालकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित नौनियाँको काँडा नदी किनारमा उक्त शव फेला परेको हो ।

काँडा नदी भएर नौनियाँबाट बुटकौवा जाने पैदल बाटोको छेउमा अन्दाजी १४ वर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

बालकको पहिचान नखुलेको र घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।