डोटी र बाजुराका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

डोटी र बाजुराका थप १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १९८ नमुनाहरुमध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका नितित्त मेडिकल सुपरीटेण्डेण्ट बिरेन्द्र राउतका अनुसार डोटीका ८ जना र बाजुराका ६ जनामा कोरोना देखिएको हो । उनले डोटीको के.आई.सिंह गाउँपालिकाका एकजना, दिपायल सिलगढी नगरपालिकाका ६ जना, शिखर नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै बाजुराको बडिमालिका नगरपालिकाका तीनजना, जगन्नाथ गाउँपालिकाका दुईजना र गौमुल गाउँपालिकाका एकजनामा कोरोना पोजेटिभ देखिएको नितित्त मेडिकल सुपरीटेण्डेण्ट राउतले जानकारी दिए ।