धनगढीमा सोमबार २९ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढीमा सोमबार २९ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढी । धनगढी उपमहानगरपालिकामा सोमबार थप २९ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर ५ का १० जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ का २ जना वडा नम्बर १० का २ जना र वडा नम्बर ८ का एक जनामा कोरोना देखिएको उनले बताए ।