कैलाली ४७ सहित सुदूरपश्चिमका थप ६३ जनामा कोरोना पुष्टि

कैलाली ४७ सहित सुदूरपश्चिमका थप ६३ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३४१ नमुनाहरुमध्ये ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ४७ सहित सुदूरपश्चिमका थप ६३ जनामा कोरोना देखिएको हो ।

उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, भजनी नगरपालिकाका ८ जना, टिकापुर नगरपालिकाका दुईजना, गोदावरी नगरपालिकाका तीनजना, घोडाघोडी नगरपालिकाका दुईजना र स्थानीय तह नखुलेका तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै उनले कञ्चनपुरको बेलौरी नगरपालिकाका ८ जना, भिमदत्त नगरपालिकाका ७ जना र अछामका एकजना गरी ६३ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले बताए ।