डोटीमा भरुवा बन्दुक सहित तीनजना पक्राउ

डोटीमा भरुवा बन्दुक सहित तीनजना पक्राउ

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका ६, पाले वन ठूलाखोलाबाट एकथान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ६, गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर छन् ।

जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।