धनगढीको सुपथ मुल्य पसलमा सेवाग्राहीको लाईन(फोटो फिचर)

धनगढीको सुपथ मुल्य पसलमा सेवाग्राहीको लाईन(फोटो फिचर)

धनगढी । दशै लगायतका चाडपर्वलाई लक्षित गर्दै धनगढीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड दशै सकिए पनि बढेको छ । खाद्यान्न बजार मूल्य भन्दा सस्तोमा पाईने भएकाले उपभोक्ताको भिड अझै पनि घट्न नसकेको हो ।

आजभोली पनि दैनिक ४ सय देखि ६ सय जना उपभोक्ताहरू आउने गरेको बताईएको छ । सुपथ पसल चाडपर्व लक्षित नभई बर्षै भरी सञ्चालन गरिनु पर्ने उपभोक्ताहरुले माग गरेका छन । बजार मूल्य भन्दा सुपथ मूल्य पसलमा प्रत्येक सामानमा १० रुपैयाँ फरक मूल्य छ ।

सुपथ मूल्य पसलबाट नुन, चिनी, चामल, चिउरा, साबुन, सेनीटाइजर लगायतका सामाग्रीहरु बिक्रि वितरण हुदैं आएका छन ।