बैतडीमा एक लाख बढी मूल्यको अवैध बिँडी बरामद

बैतडीमा एक लाख बढी मूल्यको अवैध बिँडी बरामद

बैतडी। भारतको झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याएको बिँडी सशस्त्र प्रहरीको गस्ती टोली बरामद गरेको छ । भारतबाट किनेर महाकाली नदीमा ट्युब मार्फत नेपाल ल्याएको बिँडी दशरथचन्द नगरपालिका ६ सुकुट्टीबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए । 

सीमा नाका झुलाघाटमा रहेको सशस्त्र प्रहरीको बीओपीबाट खटिएको गस्ती टोलीले शनिबार राती १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरेको हो । बिँडी ल्याउने मान्छे भने सशस्त्रको टोली देख्ने बित्तिकै भागेको जनाइएको छ । 

बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए  ।