नेकपा विवाद : ओलीले बालुवाटार बोलाए विवाद समाधानका लागि गठित कार्यदल

नेकपा विवाद : ओलीले बालुवाटार बोलाए विवाद समाधानका लागि गठित कार्यदल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्रको विवाद समाधानका लागि गठित कार्यदलसँग छलफल गर्ने भएका छन् ।

पछिल्लो समय नेकपा अध्यक्षद्वयबीचको टकरावका कारण पार्टीभित्रको विवाद एकाएक चुलिएको छ । विवाद समाधानको प्रयास खोजिएपनि कुनै किसिमको निष्कर्ष निस्किएको छैन् । विवाद उत्कर्षमा पुगेका बेला पूर्व एमाले र माओवादी खेमाका नेताहरुको गुटगत भेलाहरु बढि हुन थालेका छन् ।

यसै क्रममा अध्यक्ष ओलीले विवाद समाधान गर्न भदौमा गठन गरिएको ६ सदस्यीय कार्यदलका सदस्यहरुसँग छलफल गर्ने भएका हुन् । कार्यदलसँग छलफलका गर्न अध्यक्ष ओलीले सोमवार (आज) दिउँसो १२ बजे सदस्यहरुलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

यसअघि आइतवार ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतका नेताहरुसँग भेटघाट गरेका थिए । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्षद्वयबीचको विवाद समाधानका लागि गत भदौ ३० गते ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

अदक्षद्वयले गठन गरेको कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् ।