कैलालीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमतिको मृत्य

कैलालीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमतिको मृत्य

धनगढी । कैलालीमा फेरी होम आइसोलेसनमा बसेका कोरोना संक्रमतिको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको सोमबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

होम आइसोलेसनमा रहेका उनको मृत्यु भएको जनाइएको छ । यस्तै आजै विहान  धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ ।