सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दो क्रममा रहेको छ । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार  हुँदा त्यसको अघिल्लो दिन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी  सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।