कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका २ का ८४ बर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएका उनको शुक्रबार अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।