कस्तो छ सोमवारको विदेशी मुद्रा विनिमयदर ?

कस्तो छ सोमवारको विदेशी मुद्रा विनिमयदर ?

नेपाली बजारमा सोमवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसामा कारोबार भइरहेको छ । यस्तै आईतवार पनि १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा तोकेको छ । आईतवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

सोमवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि आईतवार यू।के पाउण्ड स्टर्लीङ १ को खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५१ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१४ रुपैयाँ १० पैसा र बिक्रीदर ३१५ रुपैयाँ ७० पैसा रहेको छ ।