सरकार परिवर्तन हुँदैन, ढुक्क भएर काम गर्नुस् : प्रवक्ता गुरुङ

सरकार परिवर्तन हुँदैन, ढुक्क भएर काम गर्नुस् : प्रवक्ता गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्। नेपाल निजामती कर्मचारी सङ्गठन कार्यसमिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन नहुने भन्दै ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका हुन् ।

‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन’, उनले भने, ‘सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस्।’

उनले फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो नभएको तर्क गरे । सम्मृद्ध नेपाल निर्माणका लागि स्वच्छ मनले सरकारलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।

मन्त्री गुरुङले जनताप्रति उत्तरदायी हुँदै जनताकै पक्षमा इमान्दारपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिए।