नेफा सुदूरपश्चिम प्रदेश प्रगतिशिल समुहको उम्मेद्वारीसगै  घोषणा पत्र सार्वजनिक

नेफा सुदूरपश्चिम प्रदेश प्रगतिशिल समुहको उम्मेद्वारीसगै  घोषणा पत्र सार्वजनिक

धनगढी : नेपाल जनस्वाथ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेशको प्रगतिशिल समुहले उम्मेद्वारीसगै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

पुस २१ गते हुने निर्वाचनका लागि मंगलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेफा सुदूरपश्चिम प्रदेशको प्रगतिशिल समुहले उम्मेद्वारीसगै चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । 

रमेश कुवरको नेतृत्वमा सार्वजनिक गरिएको प्रगतिशिल समुहको प्यानलको उपाध्यक्षमा योगेश प्रसाद भट्ट, सचिवमा भुपेन्द्र सिंह महरा, सह–सचिवमा गौरीदत्त जोशी र कोषध्यक्षमा निशा जोशीले उम्मेद्वारी घोषणा गरेका छन । 

खुल्ला सदस्यमा वेद प्रकाश जोशी, मिन राज जोशी, जनक राज भट्ट र हरि प्रसाद भट्ट तथा समावेशी सदस्यमा प्रेम सिह महरा र अनिता खड्का उम्मेद्वार रहनुभएको छ । 

प्रगतिशिल समुहको प्यानलका अध्यक्ष पदका उम्मेद्वार रमेश कुवरले जनस्वास्थ्य क्षेत्रका समस्याको समाधान गर्न यो कार्यसमिति सक्षम रहेको बताए । 

यस प्रदेशको स्वास्थ्यसंग सम्बन्धित ऐन, कार्यविधिहरु बनाउन आवश्यक पैरवी र सहजीकरण गर्न यो पदाधिकारी सक्षम रहेको उनले दावी गरे । 

प्रगतिशिलले यस प्रदेशभित्र रहेका जनस्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरुको उत्थान र समाधानका लागि पैरवी गर्ने, जनस्वास्थ्य क्षेत्रको वकालत गर्न केन्द्रको समन्वय र प्रदेश सरकारको सहयोगमा स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने, जनस्वास्थ्य संघको पेशागत प्रतिवद्दता, पारदर्शिता तथा वैधानिकता मान्यता अनुरुप अघि बढ्ने लगायतका ११ बुदे घोषणापत्र समेत सार्वजनिक गरेको छ । जसको कार्यान्वयका आधार केही दिनमा सार्वजनिक गरिने पनि बताईएको छ । 

११ जनाको कार्य समितिका लाुग हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेफाका एक सय ६२ जना मतदाता रहेका छन् । 

देशभरी आठ वटा मतदान केन्द्र रहेकोमा यस प्रदेशमा एक मतदान केन्द्र रहने छ । मतदाताले जुन मतदान केन्द्रबाट पनि मतदान गर्ने सक्ने छ ।