अर्नब गोस्वामीलाई १४ दिनको न्यायीक हिरासतमा पठाइयो, मोदी क्याबिनेट बचाउमा

अर्नब गोस्वामीलाई १४ दिनको न्यायीक हिरासतमा पठाइयो, मोदी क्याबिनेट बचाउमा

भारतको रिपब्लिक टेलिभिजनका मालिक एवम् प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायीक हिरासतमा पठाइएको छ। आत्महत्या दुरुत्साहनको मुद्दामा बुधवार प्रहरीले गोस्वामीलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो।

सन् २०१८ मा ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्भय नायक र उनकी आमालाई आत्महत्या गर्न उक्साएको आरोपलाई अर्नबविरुद्ध मुद्दा दायर गरिएको थियो।

यता आत्महत्याको मुद्दामा पक्राउ परेका अर्नबको बचाउमा भारतको केन्द्र सरकार, भारतीय जनता पार्टी अघि आएको छ। उनीहरुले महाराष्ट्र सरकारले अर्नबलाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको उपहास गरेको र ‘इमर्जेन्सी’ को परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन्।