धनगढी । धनगढी उप–महानगरपालिकामा सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना घरधनीले स्वस्फुर्त रुपमा भत्काउन थालेका छन् ।
अहिले धनगढी उप–महानगरपालिकामा संघीय सरकारको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना धरधनीले स्वस्र्फुत रुपमा भत्काउन थालेका हुन् । क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने गुल्म चर्च सडक र शहीदगेट–क्याम्पस रोड सडकमा पर्ने संरचनाहरु स्थानीयले भत्काउन थालेका छन् ।
बुधबारदेखि उनीहरुले संरचना भत्काउन थालेको उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशिला मिश्रभट्ट लगायतका जनप्रतिनिधिले सडकको क्षेत्राधिकार भित्र पर्ने संचरना भत्काएर विकासको काममा सहयोग गर्ने नगरबासीलाई धन्यवाद समेत दिएका छन् । साथै स्वस्फुर्त रुपमा भौतिक संरचना भत्काउने घर धनिलाई नगरपालिकाले विषेश सम्मान गर्ने नगर प्रमुख वडले बताएका छन् ।