ख्याल गर्नुस् है ! तनाव ज्वरोको कारण बन्न सक्छ ?

ख्याल गर्नुस् है ! तनाव ज्वरोको कारण बन्न सक्छ ?

तनावले शरीरमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । तनावले निद्रा, पाचन प्रणाली र महिलामा मासिक चक्रमा समेत असर गर्छ । अर्थात् तनावले शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै प्रभाव पार्दछ । कतिपय अवस्थामा तनावको असरका कारण हुने स्वास्थ्य समस्याको लक्षणका रूपमा ज्वरो पनि देखिन सक्छ । तनाव र ज्वरोबीचको सम्बन्धबारे गरिएका अध्ययनअनुसार तनावका कारण उत्पन्न हुने ज्वरोलाई ‘साइकोजेनिक फिभर’ भनिन्छ । शरीरको तापक्रम र तनावको सम्बन्धबारे अनुसन्धान आवश्यक रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

सामान्यतः शरीरको तापक्रम बढ्नु ज्वरो आउनु हो । स्वस्थ व्यक्तिको शरीरको तापक्रम ९६।६ डिग्री फरेनहाइट हुने गर्छ, यदि योभन्दा तापक्रम बढ्दै गएमा ज्वरो आएको मानिन्छ । ज्वरो आउनु आफैँमा कुनै रोग भने होइन, तर कुनै संक्रमण वा अन्य रोगको लक्षण हो । सामान्यतया ब्याक्टेरिया र भाइरसको संक्रमणबाट शरीरको तापक्रम बढ्ने गर्छ, जुन शरीरमा भाइरस वा ब्याक्टेरिया प्रतिकूल बनाउन हुने गर्छ ।

तर, तनावका कारण ज्वरो आउनु सामान्य मानिँदैन । चिकित्सकहरूका अनुसार, तनावले शरीरमा ‘साइकोजेनिक’ परिवर्तन ल्याए पनि सामान्यतः ज्वरोजस्ता लक्षण भने देखिँदैनन् । हालसम्म कुनै पनि ठूला अध्ययनले तनावका कारण ज्वरो उत्पन्न हुने विषय भने पुष्टि गरिसकेका छैनन् । अस्पतालमा ज्वरोका बिरामीमा संक्रमणबाहेक अन्य कारण पनि हुन सक्ने बताइन थालिइएको छ । 

तनाव प्रत्यक्ष रूपमा ज्वरोको कारण नभए पनि यसले शरीरमा पार्ने असर र यसको प्रभावको रूपमा देखापर्ने चिकित्सकहरूको अनुमान छ । जस्तै लामो समयसम्मको तनावले शरीरको प्रतिरोधी क्षमता कमजोर बनाउँदै लान्छ, जसका कारण संक्रमणको सम्भावना बढेर जान्छ । लगातार तनावका कारण शरीरमा तनाव हार्मोनको वृद्धि हुन्छ, फलस्वरूप प्रतिरक्षा प्रणाली कमजोर हुने र भाइरल, ज्वरोको समस्या निम्तिन सक्छ । 

के हो साइकोजेनिक फिभर रु
तनावका कारण हुने ज्वरोलाई साइकोजेनिक ज्वरो भनिन्छ, यसबारे केही अनुसन्धान भए पनि यसबारे अझै अनुसन्धान गरिनु आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन् । तनावका कारण हुने ज्वरो पहिलोपटक अमेरिकाको टेम्प्रेचर जर्नलले सन् २०१५ मा प्रकाशित भएका अध्ययनमा आधारित जानकारीका आधारमा बाहिर आएको हो । अध्ययनअनुसार शरीरको तापक्रम व्यक्तिको मनोविज्ञानसँग पनि सम्बन्धित हुने बताइएको थियो ।

केही बिरामीका भावनात्मक घटनाको सामना गर्नुपर्दा तीव्र ज्वरो आउने पाइएको हो । सामान्यतः क्रोनिक तनाव भएका व्यक्तिमा ज्वरोजस्ता लक्षण देखिने सम्भावना बढी मानिन्छ । साइकोजेनिक ज्वरोलाई चिकित्सकहरूले न्युरोलोजिक ज्वरो पनि भन्ने गरेका छन् । उच्च तनावले शारीरिक प्रक्रियामा असन्तुलन ल्याउने हुँदा परिणामस्वरूप ज्वरो आउने सम्भावना रहन्छ । हालसम्म तनावको कारण हुने ज्वरोको प्रक्रियाबारे कुनै तथ्य भने सार्वजनिक भइसकेका छैनन् । तसर्थ, ज्वरोका लक्षणहरू देखिएमा सम्बन्धित चिकित्सकको सल्लाह लिएर उपचार गर्न आवश्यक हुन्छ ।